हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी र्दिए ।
हेटौंडा उपमहानगरपालिका– ८ स्थित सडकमा बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मृतक अन्सारी ना ५ ख ८६६८ नम्बर को ट्रकको धनी रहेकाे खुलेको छ। घटनास्थल नजिकै बिग्रिएको ट्रक मर्मतका लागि जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
