३ किलो ८६० ग्राम अफिमसहित एकजना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले ठुलो परिमाणको लागुऔषध अफिमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सूचनाकाे आधारमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित ठाकुर सिं मोक्तानको घरमा छापा मारेर ३ किलो ८६० ग्राम अफिम बरामद गरेको जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार मोक्तानको घरमा रितपूर्वक खानतलासी गर्दा, सुत्ने खाटभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सो परिमाणको अफिम फेला परेको थियो।
घटनापछि मोक्तानलाई नियन्त्रणमा लिइ लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया