दीपिका–रणवीरले किने मुम्बईको अलीबागमा नयाँ ​घर, ‘होली–डे होम’को रुपमा प्रयोग गर्ने

पालिका डायरी
१ आश्विन २०७८, १२:४९
दीपिका–रणवीरले किने मुम्बईको अलीबागमा नयाँ ​घर, ‘होली–डे होम’को रुपमा प्रयोग गर्ने

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र उनका श्रीमान रणवीर सिंहले भर्खरै एक आलिशान घर किनेका छन् । दीपिका–रणवीरले मुम्बईको अलीबागमा करिब २२ करोडमा नयाँ आलिशान घर खरिद गरेका हुन् ।

दीपिका र रणवीर भन्दा पहिल्यै सो इलाकामा शाहरुख खान, अनुष्का शर्मा र विराट कोहली, राहुल खन्नालगायतले पनि घर र फार्म हाउस खरिद गरेका थिए ।

दीपिका र रणवीरको नयाँ घरमा के छ विशेष ?

भारतीय सञ्चार माध्यमका अनुसार ९००० स्क्वायर मिटर जग्गामा बनेको यस बंगलामा ५ वटा बेडरुम छन् । अलीबाग मुम्बईको धनी क्षेत्रहरुमध्येको एक हो र यस फाइभ भीएचके फ्ल्याटमा कयौं पार्किङहरु रहेका छन् ।

जानकारी अनुसार दीपिका र रणवीरले यस घरलाई ‘होली–डे होम’को रुपमा प्रयोग गर्नेछन् । हाल दीपिका र रणवीर मुम्बईको प्रभादेवी इलाकामा रहेको आलिशान फोर भीएचके अपार्टमेन्टमा रहँदै आएका छन् । सो अपार्टमेन्टलाई सन् २०१० मा अभिनेत्री दीपिका पादुकोणले खरिद गरेकी थिइन्

विहेपछि दीपिका र रणवीर सोही अपार्टमेन्ट (फोर भीएचके अपार्टमेन्ट) मा रहँदै आएका थिए । ज्यापकी डट कमका अनुसार अलीबागस्थित फाइभ भीएचके फ्ल्याट भने दीपिका र रणवीर दुवै जना मिलेर खरिद गरेका हुन् ।

करियरको पिकमा छन् दीपिका–रणवीर

पछिल्लो समय अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आ–आफ्नो करियरको पिकमा रहेका छन् । अभिनेता रणवीर सिंहको ब्याक टु ब्याक फिल्महरु सुपरहिट बनेको थियो, भने अभिनेत्री दीपिका पादुकोणले पनि लगातार धमाकेदार प्रोजेक्टहरु पाइरहेकी छन् ।

प्रतिक्रिया
deepiika-and-ranveer