मुलुकभर थप २१३ जनामा कोरोना पुष्टि, ३२५ जनाद्वारा स्वास्थ्यलाभ
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ४ हजार ९०७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ७२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १६ हजार १९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३२५ जना कोरोनामुक्त भए, ३ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय २५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २ हजार ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५३ लाख ३० हजार ०९९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।