बकैयामा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु
![सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो](https://www.palikadiary.com/wp-content/uploads/2023/05/sarpa-992x518.jpg)
हेटौंडा / मकवानपुरकाे बकैयामा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नं.७ अधेरी बस्ने १२ बर्षीया करिष्मा लो रहेकी छन् । बागमती प्रदेश प्रहरीका अनुसार बुधबार आफ्नै घरमा बसिरहेको अवस्थामा करिष्मालाई सर्पले टोकेको थियो ।
परिवारले उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचरकै क्रममा बुधबार दिउँसो पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया