राप्ति खोलामा कुमारको शव फेला
हेटौंडा – ११ सिमलटार स्थित राप्ति खोलामा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
शिनबार दिउँसो राप्ति खोलामा डुबेको अवस्थामा एक पुरुषको रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले शवलाई निकालेको थियो ।
उक्त शव हेटौँडा–११ थानाभर्याङ बस्ने ४५ बर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् । शवको शनाखत निजकी श्रीमतीले गरेको डिएसपी कार्कीले बताए ।
शवलाई पोष्र्टमाटमका लागि हेटौँडा अस्पताल लगिएको जनाइएको छ । स्थानीयले पानीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया