न्वागी पर्वमा मकवानपुर, चितवन र धादिङमा विदा

पालिका डायरी
१८ भाद्र २०८०, २०:५९
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशको विभिन्न जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा यही भदौ २२ गते प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीको अवसरमा वाग्मती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ । बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री  श्रेष्ठले बताए ।

प्रतिक्रिया
sarbajanik bida