स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अटोमा सवार दुई जना घाइते
स्कुल बसले अटोलाई ठक्कर दिएर अनियन्त्रित हुँदा दुधौली नगरपालिका–१० रातमाटामा एक पैदलयात्रीको मृत्यु भएको छ भने अटोमा सवार दुई जना घाइते भएका छन् ।
जल्किनेबाट दुधौली आउँदै गरेको कमलामाई बोर्डिङ स्कुलको बा ४ ख ५१३० नम्बरको बसले सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई ठक्कर दिएर बस अनियन्त्रीत हुँदै पैदलयात्रीलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट पैदलयात्री दुधौली नगरपालिका–११ बस्ने ५२ बर्षीय समर बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
दुर्घटनामा अटो चालक दुधौली नगरपालिका–१३ बस्ने ५० बर्षीय सोनिलाल तामाङ र अटोमा सवार सोही बस्ने ३५ बर्षीय संगिता मोक्तान सामान्य घाइते भएका छन् । उनीहरुको प्रयाग अस्पताल दुधौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया