आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
आज दिउँसो बागमती, कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अहिले पनि कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा सामान्य पानी परिरहेको र दिउँसो चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । यस्तै, भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो मधेस र कोसी प्रदेशको तराई भू–भागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ । भरे राति कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।