जापानमा भूकम्प, सुनामीको चेतावनी
जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय बिहान १ बजे भूकम्प गएको थियो ।
यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०।२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ।
सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
प्रतिक्रिया