सल्यान बस दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुल्यो

पालिका डायरी
२० आश्विन २०८०, २१:१९

दाङको सल्यानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका – ६ की ४४ वर्षीया अनिता बोहरा र सल्यानको त्रिवेणी गाउँपालिका – ६ की ३२ वर्षीया सुनिता सुनार रहेको प्रहरीले जनाएको छ ।

घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दिउँसो करिब ३ बजे दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
dang_qkDAoDnH3y