चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात, अवस्था खतरामुक्त
file photo
चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ ।
छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा रहेको पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताउनुभयो । उहाँको छातीमा स्टेन्ट राखिएको छ । अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।
श्रेष्ठलाई २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षीको निमन्त्रणमा चीन भ्रमणमा जानुभएको थियो ।
प्रतिक्रिया