द्रुत बस सेवा आजदेखि पुनः सुरु, अब ३६ वटा बसबाट सेवा दिइने
रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । संविधान दिवसका दिनबाट सुरु भएको द्रुत सब सेवा केही समयका लागि रोकिएको थियो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले आजबाट पुनः द्रुत बस सेवा सुरु भएको बताए ।
उनले भने, ‘११ वटा सब थपेर पुनः द्रुत बस सेवा सुरु भएको छ । ठाउँ ठाउँमा बोर्ड पनि राखिएका छ । अहिले २९ वटा बसेले सेवा दिइरहेको छ । यही हप्ताभित्र बसको सख्याा ३६ पुर्याउने छौँ । काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा आएको हो ।’
द्रुत बस सेवाले ४५ मिनेटमै रत्नपार्कबाट सूर्य विनायक पुर्याउनेछ । सामान्य बसलाई भने १ घण्टाभन्दा धेरै लाग्ने गरेको छ । द्रुत बसलाई जाम छल्न सजिलो हुने गरी माइतीघर, कोटेश्वर, जडीबुटीमा ननस्टप सञ्चालनमा ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।
रत्नपार्क–सूर्य विनायक रुटमा अरू सार्वजनिक बसहरूले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने छन् ।
व्यवसायीहरूसँग सहकार्य गरी उनीहरूकै बसहरू सञ्चालन भएका हुन् । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि द्रुत बस सेवाको अवधारणा ल्याइएको थियो ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चार दोबाटो, सूर्य विनायकलगायत १९ स्थानमा बस स्टप छ ।