अन्तरपालिका फुटबलमा उपविजेता खेलाडीलाई १ लाख दिने मनहरीको घोषणा
हेटौंडा / मनहरी गाउँपालिकाले अन्तरपालिकास्तरीय फुटबलमा उपविजेता खेलाडीलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेको छ ।
बकैया गाउँपालिकामा सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल खेलको फाइनलमा उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई १ लाख नगद प्रोत्साहन स्वरुप दिने घोषणा गरिएको हो ।
आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायतले खादा, प्रमाणपत्र सहित खेलाडीहरूलाई सम्मान गरेका थिए । सोही सम्मान कार्यक्रममा अध्यक्ष कालाखेतीले आउँदो कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने जानकारी दिएका छन् ।
शनिबार भएको फाइनल खेलमा बागमती गाउँपालिकाले टाई ब्रेकरमा १ गोलको अन्तरले मनहरीलाई पराजित गरेको थियो ।
प्रतिक्रिया