राष्ट्रिय सभा निर्वाचन : एकीकृत समाजवादीले तोक्यो २ उम्मेदवार

पालिका डायरी
२३ पुष २०८०, ११:०३

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेवारी टुंगो लगाइएको हो।

जसमा बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने कर्णाली प्रदेशमा साबित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

प्रतिक्रिया
ekikrit-samajbadi_oCBcxgRWWj