मेयर नेपालीलाई पक्राउ गर्न इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी

बाग्लुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न इन्टरपोलबाट ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।
झन्डै दुई अर्ब रुपैयाँ हिनामिना गरी फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको छ। उनले इमेज बचत तथा ऋण सहकारी संस्थाको एक अर्ब ६० करोड र विभिन्न बैंकहरूको ३५ करोड गरी दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ।
गत वैशाखदेखि फरार रहेका नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोललाई आग्रह गरेको थियो। यसअघि नै सहकारीका अन्य केही पदाधिकारी पक्राउ परिसकेका छन्।

प्रतिक्रिया