मकवानपुरमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा, १९ फागुन / मकवानपुरको मनहरीमा शनिबार बिहान पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मनहरी गाउँपालिका–९ ज्यामिरेमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट वुटवलतर्फ जाँदै गरेको लु २ च ७३२७ नम्बरको पिकअपले ठक्कर दिँदा स्थानीय ५० वर्षीय सिताराम अधिकारीको मृत्यु भएको हो।
घाइते अधिकारीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
पिकअप चालक नवलपरासी वर्दघाट१२ का २० वर्षीय मनोज भुसाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया