राक्सिराङका थिङ मनहरीकाे मुक्तेश्वर महादेव मन्दिरमा मृत फेला

पालिका डायरी
२५ चैत्र २०८०, ११:२६

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मुक्तेश्वर महादेव मन्दिर परिसरमा एक जना मृत फेला परेका छन् ।

मृत अवस्थामा फेला परेका पुरुष अन्दाजी ५१ बर्षीय पुरुष डिलबहादुर थिङ रहेको भनी आफन्तजनले पहिचान गरेका छन् । राक्सिराङ गाउँपालिका वडा नं २ निङराङ घर भएका थिङ मनहरी बजार क्षेत्रमा शनिबारसम्म खानेकुराहरु मागेर हिँडिरहेका प्रत्यक्षदर्शी बताउछन् ।

केही समय देखि थि मनहरी बजार क्षेत्रमै बितिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । मुक्तेश्वर महादेव मन्दिर परिसरमा निर्मित प्रतीक्षालायमा सुतेका उनी आइतबार बिहान मृत अबस्थामा भेटिएको हो ।

आफन्तसँगको समन्वयमा दिलबहादुरको शवलाई पोष्टमार्टमका लागि हेटौँडा पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

 

प्रतिक्रिया
death mritu