युवा संघ १५ नम्बर वडाद्वारा शुभकामना आदानप्रदान
हेटौंडा राष्ट्रिय युवा संघ नेपाल हेटौंडा-१५ ले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
युवा संघ १५ न. वडा कमिटीका अध्यक्ष बुद्ध मोक्तानको अध्यक्षता र बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतीथि खानेपानी मन्त्री श्रेष्ठले नयाँ बर्षको शुभकामना दिदै समृद्ध राष्ट्र निर्माणको अभिभारा बोक्न युवाहरू तयार रहन आग्रह गर्नुभयो । अबको एक दशकमा मुलुकलाई कस्तो बनाउने भन्ने जिम्मा युवा शक्तिको सोचमा भएकोले नेकपा एमालेले बोकेको सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
अहिलेको अस्थिर सरकारको कारण देशले विकासको गति लिन नसकेको अवस्थालाई औंल्याउँदै मन्त्री श्रेष्ठले नेकपा एमालेको नेतृत्वमा २०८४ मा बहुमत सहितको स्थिर सरकार निर्माणमा अहिलेदेखि नै लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला सचिवालय सदस्य, हेटौंडा नगर इन्चार्ज तथा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, युवा संघ नगर कमिटी अध्यक्ष अनिल काफ्ले, उपाध्यक्ष गोविन्द नेगी लगायतको उपस्थिति रहेको थियो ।