विपन्न बचत तथा ऋण सहकारीकाे ३ महिने आधारभुत सिलाइकटाइ तालिम सम्पन्न
हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित सिमलटार को विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरोको ३ महिने आधारभुत सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।
तालीम आयोजक संस्थाका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले धेरै विषयको तालिम लिएर मात्र मान्छे दक्ष हुने होइन एउटा विषयमा तालीम लिनुस् त्यसैमा दक्ष बन्नुस् भन्दै सुझाव दिइन् । उनले भनिन् तालिम पूरा गर्नुस् स्वरोजगार बन्न वडाले सघाउँछ ।
कार्यक्रममा भूमि अधिकार मञ्च नेपालका जिल्ला उपाध्यक्ष देवकृष्ण थोकर , सञ्चारकर्मी जी. न्यौपाने , सिमलटार टोल विकास संस्थाका सहसचिव टङ्कबहादुर गुरुङ ,, सदस्य छेगु गोले , तालिमकी प्रशिक्षक गङ्गा राना मगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तालीम पूरा गर्ने महिलाहरूलाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र समेत बितरण गरिएको थियो ।