एमालेको ‘घर फिर्ती अभियान’ सफल: नेकपा (एस) का नेताहरू प्रवेश
हेटौंडा / नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेता कार्यकर्तालाई घर फिर्ती कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेपछि पार्टी प्रवेश गर्ने क्रम बढ्न थालेको छ ।
आज एक कार्यक्रमका बीच नेकपा समाजवादी ( एस ) पूर्व जिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, एस सचिवालय सदस्य कालु ढकाल तथा पूर्व जिल्ला कमिटी सदस्य जवीन्द्र थोकर आज नेकपा एमालेको घर फर्क अभियानमा पार्टीमा फर्किएका छन् ।
आज एमाले पार्टी कार्यकालमा भएको एक कार्यक्रमका बीच ,पार्टी केन्द्रीय सदस्य ,केदार न्यौपाने, रामेश्वर राना , जिल्ला अध्यक्ष श्रीधर पोखरेल , उपाध्यक्ष हिदम लामा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
पछिल्लो चरणमा विभिन्न पार्टी छाडेर एमालेमा आउनेको सङ्ख्या बढिरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख उज्वल चौलागाइँले बताए ।
प्रतिक्रिया