बाघको आक्रमणबाट घाइते श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल अस्पतालमा

पालिका डायरी
२१ श्रावण २०८१, १३:५०
बाघको आक्रमणबाट घाइते श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल अस्पतालमा

हेटौंडा / बाघको आक्रमणबाट घाइते हुनुभएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल अस्पताल पुग्नुभएको छ।

आइतबार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा श्रेष्ठ बाघको आक्रमणमा परी घाइते हुनुभएको थियो। हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न मन्त्री सिलवाल आज बिहान अस्पताल पुग्नुभएको हो।

घाइते हुनुभएका श्रेष्ठसँग भेटको क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझ्नुभएको थियो। यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनै पनि कमी नहोस् भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाउनुभयो।

भरतपुर महानगरपालिका-२ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भई उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताउनुभयो। श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार रातिनै नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया
453535190_1541556953442288_6725489775984596791_n