न्वागीको अवसरमा राक्सिराङ्गमा दुई दिन विदा

पालिका डायरी
१९ भाद्र २०८१, १२:०१
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटाैंडा /  मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण चाड (न्वागी) को अवसरमा  दुई दिन सार्वजनिक विदा दिने भएकाे छ ।

मंगलबार (हिजाे) एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाले न्वागीको अवसरमा आगामी शुक्रबार र शनिबार (२०-२१) गते दुई दिन सार्वजनिक विदा दिएकाे सूचना मार्फत जानकारी दिएका छन् ।

उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरुमा बन्द हुने भएको छ । राक्सिराङ्गमा अति सिमान्तकृत जाति मानिने चेपाङ समुदायको बाहुल्य छ । पालिकाभरि बसोबास गर्ने जनसंख्यामध्ये करिब ४४ प्रतिशत चेपाङ जाति रहेका छन् । अध्यक्ष मल्लले चेपाङ समुदायको यस पर्व हर्षोल्लासका साथ मनाउन शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
sarbajanik bida