बागमती प्रदेशसभाको बैठक असोज ६ मा बस्दै

पालिका डायरी
१ आश्विन २०८१, १२:२५
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौडा /  बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका हुन् ।

यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख पाठकले बताए ।

बागमती प्रदेशसभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया
bagamati