रेडक्रसले विपत्तिको समयमा काम गरेको छ: मन्त्री थापा

पालिका डायरी
४ आश्विन २०८१, १८:१०

हेटौंडा / नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले आयोजना गरेको जिल्ला जुनियरयुवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न भएको छ । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले  उद्‌घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै रेडक्रसको विश्वव्यापी प्रभाव, नेपालमा यसको भूमिका र भविष्यको योजनाहरू र विपत्तिको समयमा गरेको कामको बारे विस्तृत चर्चा गर्नुभयो।

विश्वका धेरै मुलुकहरूमा रेडक्रस सङ्गठनको गठन भएको र यसमा असङ्ख्य मानिसहरू संलग्न रहेको कुरा उहाँले स्मरण गराउनुभयो । उहाँले प्रधानाध्यापक गोष्ठीले विद्यार्थीहरूलाई सामाजिक कार्यमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने आदर्श वाक्यलाई उल्लेख गर्दै, प्रमुख अतिथि मन्त्री थापाले रेडक्रसको भूमिका विपत्ति, प्राकृतिक विपद र द्वन्द्वका समयमा अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। आफ्नो व्यक्तिगत अनुभव सम्झदै, उहाँले भूकम्पको समयमा रेडक्रसको भक्तपुर शाखाको उपसभापतिको रूपमा गरेको कामको स्मरण गर्नुभयो। उहाँले रेडक्रसमा गरेको कामले आफूलाई जनप्रतिनिधि बन्न पनि सघाउ भएको बताउनुभयो। कोभिड-१९ को समयमा पनि फिल्डमा खटिएको अनुभव सुनाउनुभयो।

यस्तै शिक्षालाई प्राथमिकता दिँदै गुणस्तर र आकर्षण बढाउनुपर्ने र त्यसपछि रेडक्रसलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको सुझाव थियो। उहाँले विद्यार्थीहरूलाई समस्याग्रस्त क्षेत्रमा मानवीय उद्धार कार्यमा सहभागी हुन प्रोत्साहित गर्नु प्रधानाध्यापकको दायित्व हुने बताउनुभयो । एम्बुलेन्स र रक्तदान सेवाका लागि रेडक्रस पहिलो रोजाइ हुनुपर्ने कुरामा जोड समेत दिनुभयो ।

बागमती प्रदेशका १३ वटा जिल्लामा सरकारले निःशुल्क ब्लड ब्याग उपलब्ध गराउने कार्य अगाडि बढेको जानकारी दिनुभयो ।   स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विभिन्न कदमहरू चालिएको मन्त्री थापाले बताउनुभयो। स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन, अनलाइन टिकेट प्रणालीको सुरुवात, र अस्पतालहरूमा कर्मचारीको उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

बिरामीहरूको चापलाई व्यवस्थित गर्न सबै प्रकारका सेवाहरू विस्तार गर्ने योजना रहेको बताउनुभयो। यस गोष्ठीले रेडक्रसको महत्त्व, यसको सामाजिक योगदान र भविष्यमा यसलाई अझ प्रभावकारी बनाउने आयोजनाहरूबारे व्यापक चर्चा गर्ने अवसर प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी मकवानपुरका जिल्ला उपमन्त्री शिवहरी दाहालले बताउनुभयो । यसले प्रधानाध्यापकहरूलाई आफ्ना विद्यालयहरूमा रेडक्रसको गतिविधिलाई अझ सक्रिय बनाउन प्रेरित गर्ने जिल्लाका मन्त्री सुमित्रा काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला भरका संस्थागत तथा सामुदायिक गरी १०० बिधालयका प्रधानाध्यापकहरु सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा संचालन गरि जुनियरर युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, जिल्ला स्तरिय जुनियरर युवा कोष निर्माणका लागि  एक जुनियरर युवा १० रुपैयाँ सहयोग अभियान संचालन गर्ने, पालिका स्तरिय  प्राथमिक उपचार तथा बिपद ब्यबस्थापन लगायतका विभिन्न तालिमहरु संचालन गर्ने निर्णय गरेको उपमन्त्री दाहालले बताउनुभयो ।

त्यस्तै जिल्ला स्तरिय शिक्षक नायक गोष्ठी तथा शिक्षक भलिवल प्रतियोगिता संचालन गर्ने लगायतका ६ वटा बिषयमा महत्त्वपूर्ण छलफल भइ निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालले जानकारी दिनुभयो ।

रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितीका संयोजक शिबहरि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख ललित घलान एवं नेरेसो बागमति प्रदेश अध्यक्ष भोला रुपाखेती,मकवानपुर शाखा सभापति लाल बहादुर थापा,  शिक्षा बिकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरिलगायतले बोलेका थिए ।

प्रतिक्रिया
9fd9c704-8d9f-4657-a2a9-0984175aca3d