काठमाडौंका मानन्धर हेटौंडाको होटलमा मृत भेटिए

पालिका डायरी
३ कार्तिक २०८१, ०९:४७
काठमाडौंका मानन्धर हेटौंडाको होटलमा मृत भेटिए

हेटौं‌डा /  काठमाडौंका एक पुरुष हेटौंडामा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–७ चावहिलका ४६ बर्षका अजय मानन्धर  हेटौंडा–२ स्थित पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०२ नम्बरको कोठामा मानन्धर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडामा मामाघर आएका उनी उक्त होटलमा बसेको पाइएको प्रहरीले जनाएको छ । मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार (हिजो) अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मृत अवस्थामा भेटाएका थिए ।

मानन्धर गत असोज २७ गते मामाघर आएको खुलेको प्रहरीले जनाएको छ । कार्तिक १ गते अर्थात गत बिहिबार काठमाडौं फकर्ने भन्दै मामाघरबाट निस्किएका उनी उक्त रात सोही होटलमा बसेका थिए । अघिल्लो रात साथीहरुसँग फोनमा कुरा गरेको उनले हेटौंडामै रहेको पल्पसा होटलमा बसेको जानकारी दिएका थिए । भोलिपल्ट अर्थात् शुक्रबार बिहानदेखि ती साथीहरुले फोन गर्दा अजयको फोन नउठेपछि साथीहरु हेटौंडा आएर होटलको ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार मानन्धरको शवको प्रारम्भिक अनुसन्धान पूरा गरेर शव हेटाैंडा अस्पतालको शव गृहमा राखीएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
palpasha