मकवानपुरमा श्रीमानकै संलग्नतामा ५० बर्षीया महिलामाथि सामुहिक बलात्कार

पालिका डायरी
४ कार्तिक २०८१, ०९:१९
आफ्नै दाजुबाट १३ वर्षीया बहिनी बलात्कृत

मकवानपुरमा आफ्नै श्रीमान्को संलग्नतामा ५० बर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । मकवानपुरकोे मनहरी गाउँपालिका–५ की एक महिलाले आफ्नै श्रीमान्ले आफू सहित अन्य दुईजना युवकहरु मिलेर सामुहिक बलात्कार गरेको भन्दै मकवानपुर प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

पीडित महिलाले १ कात्तिक (बिहीबार)  जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमानलाई प्रहरीले शनिबार (हिजो) पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको प्रवक्ता अर्यालको भनाइ छ । उनका अनुसार पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई किशोरहरुले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी थिइन् ।

‘पीडित महिलाको स्वस्थ्य परिक्षण गरिएको छ  । हालसम्म उक्त परिक्षणको रिर्पोट आएको छैन, डिएसपी अर्यालले भने, ‘तर उहाँको स्वास्थ्य अवस्था ठिक छ । अन्य कुरा त रिर्पोट आएपछि मात्रै थाहा हुने कुरा भयो । पक्राउ परेको उनका श्रीमानले भने स्वीकार गर्नुभएको छैन । यद्यपि, हामी सुष्म ढंगले अनुसन्धानमा जुटिरहेका छौं।’

प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन् । डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोर अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको प्रहरी समक्ष बयान दिएकी थिइन् । घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी अर्यालले बताए । पीडित महिलालाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
rape