सुनचाँदीकै मूल्यले आज पनि कायम गर्‍यो नयाँ कीर्तिमान

पालिका डायरी
६ कार्तिक २०८१, ११:५७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ । विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीकाे मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो ।

गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। हिजो सोमबारको मूल्यमा थप तीनसय रुपैयाँ बढेर आज सुनको भाउ एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

चाँदी पनि आज तोलाको पाँच रुपैयाँ बढेर २ हजार  एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो प्रतितोला ६ सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६५ हजार ६ सय पुगेको थियो ।

त्यसैगरी तोलामा पाँच रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको दुई हजार एक सय रुपैयाँ पुगेको छ। हिजो २० रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको थियो ।

असोज अन्तिमसातादेखि बढ्न थालेको सुनको मूल्यले कात्तिक लागेपछि पनि निरन्तर नयाँ-नयाँ कीर्तिमान बनाइरहेको छ ।

प्रतिक्रिया
gold_silver_3nDNVFv7MT