लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

पालिका डायरी
७ कार्तिक २०८१, १९:१४
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोल्पाको रोल्पा नगरपालिका–५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँकेको कोहलपुर नगरपालिका–४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी छन् ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२–०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
2 jana pakrau