सिस्नेरी बेस क्याम्पमा करेन्ट लागेर लेसनायकको मृत्यु, अरू २ सैनिक घाइते

पालिका डायरी
२३ कार्तिक २०८१, १२:२८

मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको छ ।

पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छुँदा सोही बेस क्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका-१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको हो ।

डडेलधुराको अमरगढी नगरपालिका-२ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका-६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् ।

घाइतेहरूको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ।

प्रतिक्रिया
death mritu