शान्ती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २१औँ साधारण सभा सम्पन्न

पालिका डायरी
२९ मंसिर २०८१, १२:४६

हेटाै‌ंडा /  शान्ती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, राप्ती नगरपालिका–३ को २१औँ वार्षिक साधारण सभा हिजो शुक्रबार सम्पन्न भएको छ। वनका अध्यक्ष सूर्य बहादुर राईको अध्यक्षता र बागमती प्रदेश सांसद तथा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले वनले अब पर्यटनलाई प्रवर्द्धन गर्ने गरी काम गर्नुपर्ने बताए। शान्ती मध्यवर्ती सामुदायिक वन आफैँमा ऐतिहासिक पर्यटकीय स्थल भएकाले यसको विकासमा वनको विशेष भूमिका रहने उनले बताए। आफू यसै ठाउँको जनप्रतिनिधि भएको र यसको बारेमा आफूलाई सबै जानकारी भएकाले प्रदेशको नजरमा पनि सान्ती मध्यवर्ती वन रहेको र यहाँ पर्यटन प्रवर्द्धन गर्न सके समग्र चितवनको विकासमा टेवा पुग्ने उनको भनाइ थियो।

उनले आफू छोटो समय सरकारको अर्थमन्त्री हुँदा यस वनको संरक्षण गर्न बहुवर्षीय योजनामा बजेट राखेको र यो वर्षको लागि टेन्डर प्रक्रियामा गईसकेको जानकारी गराए।

कार्यक्रममा विशिष्ट अतिथि राप्ती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त ओलीले सान्ती मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय क्षेत्र बनाउनुपर्ने भन्दै आफूले वडाको बजेटमार्फत आवश्यक केही बजेट राखेर काम गरिरहेको बताए।

कार्यक्रममा समितिको वार्षिक र आर्थिक प्रतिवेदन समितिका सचिव भरत अर्यालले प्रस्तुत गरे। उनले चालु आर्थिक वर्षको ७ लाखभन्दा बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्ष १५ लाखभन्दा बढीको बजेट पेश गर्ने लक्ष्य रहेको जानकारी गराए।

कार्यक्रममा पर्यटन विकास कार्यालय, हेटौंडाका प्रमुख रोशन श्रीवास्तव, श्यामसुन्दर उप्रेती, मानबहादुर स्याङ्बो, योगेश ढकाल, फत्तेबहादुर मगर, कविता राई, दिनेश खनाल, पूर्णबहादुर राई, रामबहादुर तामाङ, राम सेढाइँलगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया
aaaaaaaaa