सहयोगी मनद्धारा खाद्यान्न सामाग्री सहयोग

पालिका डायरी
७ पुष २०८१, १७:२७

हेटौंडा /  सहयोगी मन नेपाल, हेटौंडाले हेटौंडामा खाध्यन्न वितरण गरेको छ ।

आइतबार (आज) हेटौंडा–१४ मा रहेको अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई सहयोगी मनले आवश्यक सामग्री वितरण गरेको हो । सहयोगी मनले केन्द्र पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको सहयोगी मनका केदारप्रसाद चौलागाईंले बताए ।

अभिशेक विकले सहयोगी मन मार्फत आफ्नो माताको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेको सहयोगी मन नेपालका अध्यक्ष चौलागाईंले बताए । अध्यक्ष चौलागाईं, सल्लाहकार शिव खनाल र रामबहादुर विक मार्फत केन्द्रका संस्थापक रामहरी कोइरालालाई सामग्री हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री उपलब्ध गराएकोमा संस्थापक कोइरालाले सहयोगी मन नेपाललाई धन्यवाद दिए ।

प्रतिक्रिया
f9e3b76e-949c-4bbf-b3ee-d2d563d8309c-720×720