हेटौंडा-९ मा समुदायस्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न
हेटौंडा / टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-९ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।
नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नं वडा अध्यक्ष सुकराम केसी, न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितिका सल्लाहकार ज्ञान बहादुर थापा, ९ नं वडा सदस्य कमला पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव पुण्यबती घिमिरे, सदस्यहरू केशब अर्याल, उर्मिला राना, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ९ नं वडा समन्वय समितिका अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र अप्सरा बस्नेतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा हेटौंडा ९ नं वडाका ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रम नगरभरिका सबै वडाहरूमा सञ्चालन गरिने नगर समन्वय समितिका महासचिव शिवहरि दाहालले जानकारी दिनुभयो।