मकवानपुरको बकैयामा मनाइयो बागमती प्रदेशस्तरीय लदी पर्व (तस्बिरहरू)

हेटौंडा / माझी समुदायको विशेष पर्वका रूपमा रहेको लदी पर्व आज मनाइँयको छ । यो समुदायले लदी पर्वमा खोलालाई भगवान्का रूपमा मान्दै पूजाअर्चना गर्ने गर्दछन् ।
यस दिन नदी सरसफाइ गरी सामूहिक रूपमा पूजाअर्चना गर्ने गरिन्छ । मनाइने गरिन्छ । ‘कोसीपर्व’ समेत भनेर चिनिने लदीलाई आज (मंगलबार) मकवानपुरको बकैया गाउँपालिकाका माझी समुदायले पनि धुमधामका साथ मनाएका छन्।
समुदायले बकैयामा रहेको सीमाद खोलामा जम्मा भएर पूजाआराधना गरेका हुन् । माझी समुदायका पुजारी मङ्गलदास माझीले पूजाआराधना गरेर बलि दिएका थिए ।
बकैयामा पूजाका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियाे। यहाँ सामूहिक भोजको समेत व्यवस्थापन गरिएको नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनिमाया माझीले बताइन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका माझी समुदायलाई आमन्त्रण गरिएको छ।
लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको हो ।
