मनहरीमा सालनाल सहित नवजात शिशुको शव फेला

पालिका डायरी
२१ फाल्गुन २०८१, ११:३९
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित डम्पिङ साइटमा नवजात शिशुको शव फेला परेको छ। प्राप्त जानकारी अनुसार, नवजात शिशु (छोरी)को शव सालनाल सहित रहेको अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

शव कसले फालेको हो भन्ने बारे हालसम्म कुनै जानकारी प्राप्त नभएको र अनुमान गरिएअनुसार शिशुलाई अन्दाजी एक-दुई दिनअघि जन्माएर त्यहाँ फालिएको हुनसक्ने स्थानीयहरूले बताएका छन्।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको हाे। हाल यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया