देउवालाई रावलको कटाक्ष : ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’

पालिका डायरी
८ माघ २०७८, १८:१६
देउवालाई रावलको कटाक्ष : ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ file photo

नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीले देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील विषयमा मौन रहेको भन्दै नेता रावलले आपत्ति जनाएका हुन् ।

ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘प्र.म. देउवाको भाषण ध्यानपूर्वक पढियो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन ! कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो ।’

प्रतिक्रिया
bhim rawal