भीमफेदीमा आगलागी पीडित परिवारलाई साङाग शान्ती युवा क्लबको सहयोग

पालिका डायरी
४ चैत्र २०८१, २१:३२

हेटौंडा /  मकवानपुरको भीमफेदी गाउँपालिका–८, फाप्लाङ्गमा आगलागी पीडित परिवारलाई साङाग शान्ती युवा क्लबले राहत सामग्री सहयोग प्रदान गरेको छ।

गत चैत २ गते भएको आगलागीमा सुनकुमारी थिङको घर जलेर नष्ट हुँदा करिब ८ लाख बराबरको धनमाल क्षति भएको थियो। दिनको २ बजे जङ्गलबाट फैलिएको आगोले घर भित्र रहेका लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो। हाल पीडित परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन्।

साङाग शान्ती युवा क्लबका अध्यक्ष विषम ब्लोनका अनुसार, क्लबका कार्यसमिति सदस्यहरू सहित पीडितको घरमै पुगेर राहत स्वरूप लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री हस्तान्तरण गरिएको छ। ब्लोनले थोरै भए पनि क्लबले सकेको सहयोग प्रदान गरेको उल्लेख गर्दै आगलागी पीडित परिवारको पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया