अभिनेता पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

पालिका डायरी
१५ फाल्गुन २०७८, १४:४१
अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता, पक्राउ गर्ने तयारी

कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।

 

प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क भन्दा बाहिर थिए प्रहरीले उनको खोजी गरिरहेको थियो । पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु-२’ अहिले प्रदर्शनमा छ ।

प्रतिक्रिया
Paul-Shah