हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा हीरालाल तामाङ

पालिका डायरी
१२ आश्विन २०७८, १०:४१
हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा हीरालाल तामाङ

हेटौंडा ।  हेटौंडा अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा हीरालाल तामाङ चयन भएका छन् । सोमबार भएको साधारणसभा सभाले तामाङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा सरिता पौडेल र सुवना कार्की, उपाध्यक्षमा सावित्री ढकाल, सचिवमा राजकुमार शर्मा, सहसचिवमा दिनेश बजु, कोषाध्यक्षमा धनकुमारी नेपाली चयन भएकी छन् । यस्तै सदस्यमा राजेन्द्र पौडेल, सुनिल घिमिरे, प्रशान्तकुमार झा, प्रतिभा सुवेदी, मदन प्रजा, रविन्द्र सुवेदी, वैकुण्ठ अधिकारी र विनिता थिङ रहेकी छन् ।

प्रतिक्रिया
hospital-696×522-1