कोरिया राेजगारी : भाषा परीक्षाको लागि आजदेखि आवेदन खुल्याे

पालिका डायरी
१४ चैत्र २०७८, १४:२२
कोरिया राेजगारी : भाषा परीक्षाको लागि आजदेखि आवेदन खुल्याे

दक्षिण कोरियाको रोजगारीमा जानेहरुको लागि भाषा परीक्षामा सामेल हुन आजदेखि आवेदन लिन थालिएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानको लागि ईपीएस शाखा ग्वार्को, ललितपुरले आवेदन खुला गरेको हो ।

आवेदन चैत २१ गतेसम्म दिन सकिने शाखाले जनाएको छ । ईपीएस शाखाले भाषा परीक्षा आवेदन दिनेबारे गएकाे गएकाे फागुन ३० गते नै सूचना प्रकाशित गरेकाे थियाे ।

कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै, उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सिप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।

 

प्रतिक्रिया
eps_