एमालेको सचिवालय बैठक बस्दै : महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

पालिका डायरी
८ बैशाख २०७९, ११:२०
file photo

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका अध्यक्ष केपी ओली निवास बालकोटमा दिउँसो एक बजे बस्ने बैठकमा पालिका चुनावका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुनेछ ।

आजको बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सत्तागठबन्धनले हिजो महानगर र उपमहानगरको भागबण्डा मिलाएको छ । यसअघि बसेको एमालेको सचिवालय बैठकले चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरेको थियो । एमालेले पार्टी स्थापना दिवसको अवसरमा भोलि एकैसाथ केन्द्रबाट घोषणा पत्र र पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
kp-oli-4-2