मजदुरलाई कसैले दुःख दिन पाउँदैन : गृहमन्त्री खाण
काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासन सधैँ मजदुरको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैँ लागिरहने समेत बताउनुभयो ।
आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मजदुरले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताउनुभयो । कुनै पनि मजदुरलाई कसैले पनि दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाणले उनीहरूको पक्षमा सरकार जहिले पनि उभिने बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘मजदुरको सुरक्षाका लागि, मजदुरको हकका लागि आवश्यक पर्याे भने गृह प्रशासन जहिलाे पनि तयार रहन्छ । उद्योगी, व्यवसायीलाई पनि प्रोत्साहित गर्दै उनीहरूको व्यवसायको संरक्षण र प्रवर्द्धन गर्दै मजदुरको अधिकालाई प्राथमिकता दिनेछौँ । कुनै पनि श्रमिकलाई कसैले पनि दुःख दिन पाउँदैन । यदि मजदुरलाई कसैले पनि दुःख दियो भने सरकार, सुरक्षा निकाय, गृह प्रशासन मजदुरको पक्षमा उभिने विश्वास दिलाउन चाहन्छु ।’
गृहमन्त्री खाणले मजदुरको हितकै लागि सरकारले उद्योग, व्यवसायको संरक्षण र प्रवर्द्धनमा पनि उत्तिकै जोड दिने स्पष्ट पार्नुभयो ।