थाहा नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ८४ लाख बराबरको बजेट (पूर्ण पाठ)
हेटौंडा / मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ ।सम्पन्न १९औं नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकताा दिदैं १ अर्ब ८ करोड ८४ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
उपमेयर गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए ।
पेश गरेको बजेट मध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च हुने अनुमान रहेको छ । उपमेयर गोपालीले पेश गरेको उक्त नीति, कार्यक्रम तथा बजेट आजकै नगरसभाले सामान्य छलफल गरेर पारित गरेको छ ।
पूर्ण पाठ Final-FY-079-80-Yojana-Programme001