थाहानगरको ओखर बजारमा कृषि सहकारी संस्थाको कार्यालय उद्धघाटन

पालिका डायरी
६ पुष २०७९, २०:१२
थाहानगरको ओखर बजारमा कृषि सहकारी संस्थाको कार्यालय उद्धघाटन

हेटौंडा / मकवानपुरको थाहा नगरपालिकामा कृषि सहकारी थपिने क्रम पछिल्लो समय बढिरहेको छ । जसअनुसार नगरपालिकाको वडा नम्बर १ ओखर बजारमा कार्यालय रहने गरी थाहा कृषि सहकारी संस्था लि. को कार्यालय औपचारिक उद्घाटन भएको छ । बुधबार थाहा नगरपालिका वडा नं. १ का अध्यक्ष हेरमान गोपालीले कृषि सहकारीको औपचारिक उद्घाटन गरेका हुन् । सहकारीका तदर्थ समितिको अध्यक्ष जितेन्द्र मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा न ४ का अध्यक्ष नारायण लामा, वडा न २ का सदस्य युवराज बिष्ट, थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, फरक सोचका अध्यक्ष यादव जंग रायमाझी, नेपाली कांग्रेस थाहा ४ का वडा सभापति श्रीकृष्ण केसी, युवा संघ थाहा नगरका सिदार्थ केसी, प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी, सिद्द्काली सामुदायिक वन उपभोक्ता समिती थाहा ४ का अध्यक्ष अच्युत खत्री लगायतका उपस्थिती रहेको थियो ।

कार्यक्रमका अतिथीहरुले संस्थाको सफल बित्तीय कारोबारको साथै नगर भित्र कृषि क्षेत्रमा योगदान दिन सफल रहोस् भन्दै शुभकामना दिए । थाहानगर भर कार्य क्षेत्र रहने गरी नगरपालिकामा दर्ता भएको थाहा कृषि सहकारीले कृषि सम्बन्धी कार्य, कृषकसँ ग बचत तथा ऋणको कारोबार, सीप विकास र रेमिट समेतको कार्य गर्ने तदर्श समिति अध्यक्ष जितेन्द्र मगरले जानकारी दिए । ३१ सदस्य सहित स्थापना भएको सहकारीको कुल शेयरपुँजी ९ लाख ३० हजार रहेको छ । संस्थाले तत्काल कारोबार संचालन गर्ने सहकारीका सचिव केशव सुनारले जानकारी दिए ।

प्रतिक्रिया
320971919_1178170799476182_2854217204190951581_n