मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

पालिका डायरी
१७ कार्तिक २०७८, २१:१८
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौंडा/  मकवानपुरमा डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउनका लागि अहिले कुनै पनि वन्देज गरिएको छैन । यसमा प्रशासनले कुनै समयसिमा पनि तोकेको छैन । होटलमा, डान्सबारमा मादकपदार्थ सेवन गरेर रातीको समयमा होहल्ला गरेर स्थानीयहरु समेत सुत्न नपाएको गुनासो गरिरहेका छन् । तर, नेपालीहरुको वषौ देखिको मौलिक संस्कृति मनाउन भने प्रशासन कार्यालयले नियन्त्रण गरेको छ ।

बर्षमा एक पटक आउने चार्डपर्ब देउसी भैलो खेल्नका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै राती आठ बजे सम्म मात्र खेल्न पाइने नियम बनाएको छ । तर, यही नियम होटल र रेष्टुरेन्टलाई खोल्ने समय अहिले सम्म तोकिएको छैन । देउसी भैलो खेल्नका लागि राती आठ बजेसम्म समय तोकिएकोमा सामाजिक सञ्चालमा चौतर्फि विरोध भएको छ । धेरैले फेसबुकमा स्टाटस र कमेन्ट गर्दै यसको विरोध गरेका छन् ।

मकवानपुर जिल्लाभित्र कोभिड–१९ बाट संक्रमितहरूको संख्या कम देखिएतापनि संक्रमणको जोखिम अझैं यथावत नै रहेको हुँदा तिहार तथा छठ लगायतका पर्वहरू जनस्वास्थ्यका मापदण्डहरू पालना गरी, गराई मनाउन हुन प्रशासनले अनुरोध गरेको छ । अनुरोध गरिन्छ । तिहारमा खेलिने देउसी तथा भैलो जस्ता कार्यक्रमहरूमा कम व्यक्तिहरू भेला भई सांकेतिकरूपमा रातको आठ बजे सम्म मात्र आयोजना गर्नहुन अनुरोध गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले वताउनुभयो ।

यस बाहेकका अन्य मेला, महोत्सव र मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन नगर्न, नगराउन प्रशासनले अनुरोध गरेको छ । तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुँईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य एवं सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, ओसार–पसार, विक्री वितरण तथा प्रयोग गर्न पूर्णरूपमा बन्देज गरिएको हुँदा त्यस प्रकारका क्रियाकलाप नगर्न, नगराउन हुन जिल्ला प्रशासन कार्यालय, मकवानपुर सम्पूर्ण जिल्लावासीहरूमा अनुरोध गरिएको अर्यालले वताउनुभयो ।

प्रतिक्रिया
jilla-prasasan-makawanpur-1635858961