जिल्ला वाईसिएल समन्वय सचिवको जिम्मेवारी मुक्तीलाई

पालिका डायरी
१३ माघ २०७९, १३:२४
जिल्ला वाईसिएल समन्वय सचिवको जिम्मेवारी मुक्तीलाई

हेटौंडा / मकवानपुरको जिल्ला वाईसिएल समन्वय समितिको सचिवमा बिर बहादुर थिङ (मुक्ती) लाई नियुक्त गरिएको छ ।

नेकपा माओवादी केन्द्रको सायक सङ्गठन मकवानपुर जिल्ला वाईसियल नेपाल को ५ औं पूर्ण बैठकले बागमती गाउँपालिका वाईसियल अध्यक्ष मुक्ती लाई मकवानपुर जिल्ला वाईसियल समवन्य समितिको सचिवमा नियुक्ति गरेको हो । बिहिबार हेटौंडामा भएको एक कार्यक्रमका बीच उनी समन्वय समितिको सचिवमा नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य तथा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक सर्केश घलानको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिर बहादुर घलान, वाईसियल नेपाल केन्द्रीय सचिव सुमन पाख्रीन, वाईसियल प्रदेश सयोजक साजन अधिकारी, सदस्यहरु दिपेन्द्र अधिकारी, प्रकाश थापा, कमल अर्याल, सुनिल बयालकोटी लगाएतको उपस्थिती रहेको थियो । बैठक लबराज ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया
mukti lama