सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

पालिका डायरी
२२ माघ २०७९, १६:२९
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीले थाल्यो अनुसन्धान file photo

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले रास्वपाका मन्त्रीहरूले आजै राजनीनामा दिने बताए।

रास्वपाका मन्त्रीहरूले राजीनामा बुझाउने भए पनि सरकारलाई दिएको समर्थन यथावत रहने सभापति लामिछानेले बताए। हाल रास्वपाका दुई मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन्।

प्रतिक्रिया
rabi lamichhane